• Home
  • शिक्षा
  • लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न
Image

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न

वीरगंज –  लिटिल बडी प्रि-स्कुलले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग पुर्‍याउने उद्देश्यले बाल मनोविज्ञान सम्बन्धी तालिम आयोजना गरेको छ।

तालिमकी प्रशिक्षक सुश्री पूजा सङगौ्ला मरासिनी, झापाबाट प्रशिक्षक प्रशिक्षक (ToT) प्रमाणित प्रशिक्षक, ले प्रत्येक बच्चाको सिकाइ शैली फरक हुने बताउँदै बालबालिकाप्रति माया, धैर्यता र बुझाइ आवश्यक हुनेमा जोड दिनुभयो। उहाँले कक्षाकोठामा सकारात्मक व्यवहार र सिकाइ वातावरण बनाउनका उपयोगी विधिहरू पनि साझा गर्नुभयो।

लिटिल बडी प्रि-स्कुलका प्रिन्सिपल विजय कुमार बलले प्रशिक्षक मरासिनीप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “उहाँको प्रशिक्षणले हाम्रा शिक्षकहरूलाई बालबालिकाको दृष्टिकोणबाट सिकाइ बुझ्न सहयोग पुर्‍याएको छ। उहाँको समय र अनुभवका लागि हामी हृदयदेखि आभारी छौं।”

कार्यक्रमको अन्त्यमा प्रशिक्षकलाई आभार स्वरूप सम्मानपत्र प्रदान गरिएको र शिक्षकहरूले सिकाइलाई आफ्नो दैनिक शिक्षण अभ्यासमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए

Related Posts

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ८ महिना अगाडि

हैजा र GenZ आन्दोलनका कारण शनिबार र सरकारी बिदामा पनि विद्यालय सञ्चालन हुने

वीरगंज – हालै फैलिएको हैजा (Cholera) संक्रमण र GenZ आन्दोलन/प्रदर्शनका कारण विद्यालयहरूको पठनपाठनमा व्यापक असर परेपछि नेशनल प्याब्सन…

ByByBirgunj १२ महिना अगाडि

प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्सा शाखाले हालै सम्पन्न जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण…

ByByBirgunj १२ महिना अगाडि

ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी अन्स डाटा साइन्स कार्यक्रमको शुभारम्भ

काठमाडौं, नेपाल – ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स)…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *