• Home
  • शिक्षा
  • प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान
Image

प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्सा शाखाले हालै सम्पन्न जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै जिल्लामा अवरुद्ध शैक्षिक गतिविधिहरू तत्काल पुनः सञ्चालन गर्न आह्वान गरेको छ।

शनिबार अध्यक्ष सरोज चौधरी र सचिव अशोक संग्रौलाले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन्जी आन्दोलनमा शहादत प्राप्त सम्पूर्ण शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेन्जी आन्दोलनको बलिदानले देशको राजनीतिक, सामाजिक र नैतिक चेतनामा ऐतिहासिक परिवर्तन ल्याएको छ।” सोही परिवर्तनको परिणामस्वरूप मुलुकले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशिला कार्कीलाई पाएकोमा आशा र विश्वास व्यक्त गरिएको छ कि नयाँ सरकार भ्रष्टाचारमुक्त शासन, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्नेछ।

प्याब्सनले शिक्षा क्षेत्रलाई राष्ट्रिय पुनर्निर्माणको आधारस्तम्भको रूपमा लिँदै पर्सा जिल्लामा पछिल्लो पाँच महिनादेखि अवरुद्ध शिक्षण–सिकाइ क्रियाकलाप तत्काल सुचारु गर्न सबै सरोकारवाला पक्षलाई संवेदनशील बन्न आग्रह गरेको छ।

विज्ञप्तिमा उल्लेख छ कि चर्को गर्मी, पानीको अभाव, हैजाको महामारी र पछिल्लो जेन्जी आन्दोलनका कारण जिल्लामा शिक्षा क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। यस्तो अवस्था अझ लम्ब्याउनु विद्यार्थीहरूको भविष्यमाथि अन्याय हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

अन्ततः प्याब्सनले पर्सा जिल्लाका सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज, अभिभावक, पत्रकार, शिक्षक र जनसमुदायलाई बालबालिकाको शिक्षाको मौलिक हकको संरक्षण गर्दै शिक्षण–सिकाइ क्रियाकलापलाई तत्काल पुनः सञ्चालन गर्न ठोस पहल गर्न आह्वान गरेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ घण्टा अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *