Image

ज्ञानेश्वरमा निःशुल्क प्राणिक हिलिङ क्याम्प

काठमाडौं । डिभाइन टच सेन्टरले भोलि (शनिबार) ज्ञानेश्वर केन्द्रमा निःशुल्क प्राणिक हिलिङ क्याम्प आयोजना गर्ने भएको छ। प्रत्येक महिनामा नियमित रूपमा आयोजना हुँदै आएको यो क्याम्पमार्फत सर्वसाधारणलाई प्राणिक हिलिङबारे जानकारी दिने र स्वास्थ्य लाभ पुर्‍याउने उद्देश्य रहेको केन्द्रले जनाएको छ।

नेपालमा प्राणिक हिलिङको पहिलो आधिकारिक शाखा केन्द्रका रूपमा स्थापना भएको डिभाइन टच सेन्टरले करिब १० वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। हाल यसका तीन वटा शाखा रहेका छन् — ज्ञानेश्वर, सानेपा र विराटनगर।

प्राणिक हिलिङ नो टच, नो ड्रग (छुनु नपर्ने, औषधि प्रयोग नगर्ने) थेरापी हो, जसले टाढै बसेर पनि उपचार गर्न सक्छ। यो ऊर्जा-आधारित हिलिङ पद्धति हो जसमा आभा (Aura) र चक्र (Chakra) लाई शुद्ध पारेर शारीरिक, मानसिक, भावनात्मक, सम्बन्धसम्बन्धी तथा वित्तीय समस्याहरू समाधान गर्न मद्दत पुग्ने विश्वास गरिन्छ।

एक सेसन सामान्यतया करिब ३० देखि ४५ मिनेटसम्म चल्नेछ। इच्छुक व्यक्तिहरूले निःशुल्क भाग लिन सक्नेछन्।

थप जानकारीका लागि डिभाइन टच सेन्टरसँग सम्पर्क गर्न सकिने आयोजक निकीता सर्राफ ले जनाएका छन्।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *