Trending

सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा

310Views
0 Shares

धनगढी, ६ असार । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिईएको छ । 

सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो । 

हिजो मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकारीले जानकारी दिए । 

उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ । 

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुदाँ मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजुलगायतको निधन भएको थियो ।

सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

सुदूरपश्चिम सरकारले आज विहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
36°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 39°C
Wind: 6km/h W
Humidity: 38%
Pressure: 1008.81mbar
UV index: 11
1 pm2 pm3 pm4 pm5 pm
37°C
38°C
38°C
38°C
37°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
43°C / 27°C

प्रिय न्युज


लोकप्रिय