४ न .वडामा २० जनालाइ सिलाइ मेशिन बितरण सहित तालिम उद्घाटन ।
By Youtv Nepal NEPAL
१ महिना अगाडि
Comments: 0
माघ २७ गते।
९० घण्टे सिलाइ कटाइ तालिम आजबाट शुरु सरिता सीप कला केन्द्र बीरगंजको आयोजना तथा बीरगंज महानगरपालिका ४ न.वडा कार्यालयको सहयोगार्थ तालिम शुरु भएको हो।तालिमको उदघाटन ४ न.वडा अध्यक्ष जगत साह कानुले गर्नु भएको थियो ।
तालिमको उदघाटन गर्दै प्रमुख अतिथि कानुले आफ्नो वडाका महिलाहरुलाई दक्ष तथा आत्मनिर्भर बनाउने उदेश्यले यो तालिम आयोजना गरेको बताए । बिगत ५औ पटक तालिम सिलाइ मेशिन प्रविधि समेतको तालिम तथा समाग्री बितरण गरेको आफ्नो कार्यकालमा अझ बाकी रहेका वडाबासीलाइ निरन्तरता दिदै जाने बताउनुभयो।तालिम समारोहमा समाजसेवी बिजय सरार्फले अहिलेको आबश्यकता अनुरुप समाजमा फरक सेवामुलक तालिम प्रशंसायोग्य रहेको बताउनुभयो ।समारोहमा वडा सचिव श्रीराम सिंह,वडा सदस्य जुलुम बहादुर खडगी,लिलावती देबी,शर्मा स्वरारङ्ग,बिरेन्द्र गुप्ता ,राय कुमार श्रेष्ठ,जगत राई,प्रशिक्षक रिकु देवी,साहयक प्रशिक्षक सबिता शर्मा देवी,सरिता गुप्ता ,बंशीधर गुप्ता लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो।
तालिममा २५ जना महिलाहरु सहभागी रहेको थियो। सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उदघोष प्रभु शर्माले गर्नु भएको थियो।
१ महिना अगाडि
१ महिना अगाडि
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि