Trending

 ३ अर्ब १९ करोड पुग्यो सिद्धार्थ बैंकको खुद नाफा

650Views
0 Shares

काठमाडौ, २० साउन ।  सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१% ले वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७% ले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३% ले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ । खराब कर्जा भने अघिल्लो वर्ष १.०७% रहेकामा अहिले बढेर २.०१% पुगेको छ । 

इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६% र १.१६% रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय