१० अर्बको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

555Views
0 Shares

काठमाडौं, ९ भदौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋणको रुपमा राष्ट्र बैंकले ६ वर्ष समयावधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो ।

बोलकबोलका माध्यामकबाट निर्धारण गरिने उक्त ऋणपत्रको व्याजदर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । साथै, ऋणपत्र धितो राखी व्यक्तिले कर्जासमेत लिन सक्ने जनाइएको छ ।

घटीमा पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमाभित्र रहेर पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने ऋणपत्रको बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा कुनै एक बोलवालाको बोलकबोलमा खरिद गर्न पाइने छ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंक र वित्त कम्पनी, वाणिज्य बैंकले भने उक्त प्रकृयमा प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
24°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 24°C
Wind: 14km/h W
Humidity: 34%
Pressure: 1009.82mbar
UV index: 0
7 pm8 pm9 pm10 pm11 pm
21°C
19°C
18°C
17°C
16°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 11°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय