For Youtvnepal long gif
  • Home
  • मौसम
  • हाल देशमा पश्चिमी वायुको प्रभाव
Image

हाल देशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । पुष ३० गते
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१ को पहाडी भू–भागका एकरदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति देशभर आंशिक बदली रहनेछ । देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले त्यसबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *