सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति
By Anusha sijapati
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं २० पुस
सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । उक्त निर्वाचन समितिले अब संसदीय दलको नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानको प्रक्रिया अघि बढाउनेछ ।
कांग्रेस संसदीय दलको नेताका विषयमा छलफल गर्न मंगलबार कांग्रेस सुदूरपश्चिमको पदाधिकारी बैठक बसेको थियो । बैठकले दलको नेताका आकांक्षीहरूको धारणा सुन्दै सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो ।कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवाले आकांक्षा राखेका छन् । उनीहरूबीच सहमतिको प्रयास जारी छ ।
जनजाति, जिवनशैली, ताजा समाचार, पूर्वाधार, मौसम
आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने ४ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि