सिण्डिकेट खडा गरेर प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाए : अध्यक्ष थापा
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं ३ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडागरि प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् । अध्यक्ष थापाले प्रमुख दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।
पार्टीको काठमाडौं महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम व्यवस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।
राप्रपा नेपाल भबिष्यमा सत्ता केन्द्रीत हैन , जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिवर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएको समेत जिकिर गरे ।
कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नवप्रबेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार १४ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि