For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सिटामोल अभाव तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह
Image

सिटामोल अभाव तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह

काठमाडौं । माघ ६ गते
सिटामोल अभाव तत्काल हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । मंगलबार आर्थिक न्युज डटकममा ‘बजारमा पारा सिटामोलको अभाव’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । प्रधानमन्त्री देउवाले बुधबार सिटामोल लगायत औषधिको अभाव भएको जानकारी आएको भन्दै यस्ता औषधिको अभाव तत्काल हटाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिनु भएको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावको विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिनु भएको हो । औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार पार्नुका साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *