ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिसामाजिक सद्भाव बचाउने उद्देश्यले टिकटक प्रतिवन्ध गर्ने निर्णय गरिएको हो : प्रधानमन्त्री दाहाल
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं । टिकटकमाथिको प्रतिवन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबैदलको सहमतिमा गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।
‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकशित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहान्छु ।’ उनले भने ‘जति निर्णय गरिएका छन् । यो बहस त हुदैँ जाला । यसमा विमतिहरु पनि होलान् ।’
अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ । ‘नेपालमा विकृती विसंगति र अराजकता फैलाउन चाहाने प्रवृतिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरुको चित्त बुझेको छैन् । छलफल हुदैँ जाला ।कन्भिन्स हुदैँ जाने प्रक्रिया होला । ’त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १४ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि