For Youtvnepal long gif
  • Home
  • समाचार
  • सन्तान जन्मिएको कति समयपछि यौनसम्पर्क गर्नु ठिक हुन्छ ?
Image

सन्तान जन्मिएको कति समयपछि यौनसम्पर्क गर्नु ठिक हुन्छ ?

काठमाडौं । पुष २९ गते
यौन सम्पर्क शैली मानिसै पिच्छे फरक किसिमको हुन्छ र यो स्वभाविक पनि हो । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ ।

धेरैजसो मानिस सन्तान जन्मिएपछिको यौन जीवन कस्तो होला रु भनेर चिन्तित देखिन्छन् । कतिपयले यसमा नकारात्मक धारणासमेत बनाएका हुन्छन्, तर केही यस्ता उपाय छन् जसले बच्चा जन्मिसकेपछिको यौन जीवनलाई पनि आनन्दमय बनाउँछ, तर त्यसका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । शिशु जन्मिसकेपछि महिलाको शरीर ठीक ठाउँमा आउन केही साता वा महिना लाग्छ ।

यसमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । महिलाहरूमा यौनप्रति इच्छा कम हुनुमा यौनसम्पर्कका बेला हुने पीडालाई मुख्य रूपमा लिइन्छ । बच्चा पाउँदा लगाइएको टाँका ठीक हुन केही समय लाग्छ । त्यो टाँका भएका बेला वा टाँका निको नभै यौनसम्पर्क गरे घाउ हुने तथा दुख्ने हुन सक्छ ।

एउटा बच्चा पाइसकेपछि अर्को बच्चा चाँडो नपाउन परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ । पारिवारिक जीवनमा यौनसम्बन्ध मात्र सबै कुरा होइन । त्यसैले श्रीमान्ले श्रीमतीको मनोभावना बुझेर त्यसैअनुरूप व्यवहार गर्नुपर्छ, जसले दिगो सम्बन्धमा सकारात्मक असर पार्छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *