श्रद्धाञ्जलीका लागि सुवास नेम्वाङको शव भोलिसम्म पार्टी कार्यालयमा राखिने
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २४ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार १३ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि