युईएफए च्याम्पियन्स लिगः बार्यन म्युनिख क्वाटरफाइनलमा प्रवेश

3.1kViews
7 Shares

काठमाडौं ।  जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो । म्युनिख समग्रमा बार्यन ३–१ को नजिताका साथ क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

पहिलो लेगमा लाजियोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेर बार्यनलाई पराजित गरेको थियो । दोस्रो लेगमा भने बार्यनले शानदार प्रदर्शनमार्फत सहज जित निकाल्यो ।  बार्यनको जितमा हेरि केनले दुई गोल गर्दा थोमस मुलरले एक गोल थपेका थिए ।

केनले ३८ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा मुलरले गोल गरेपछि बार्यनले अग्रता दोब्बर बनाएको थियो । यस्तै, ६६ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यन ३–० को जित निकाल्न सफल भयो । पहिलो र दोस्रो लेगको नतिजाका आधारमा बार्यन म्युनि अन्ततः ३–१ को नतिजाका साज अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 12°C
Wind: 6km/h NW
Humidity: 87%
Pressure: 1011.51mbar
UV index: 0
8 am9 am10 am11 am12 pm
15°C
19°C
22°C
25°C
27°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय