यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौ, १६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८९ पैसा र बिक्री दर १४५ रूपैयाँ ५५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँमा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ८९ पैसा र बिक्री दर १६९ रूपैयाँ ६६ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसामा काराेबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री भइरहदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३४ पैसामा काराेबार गर्न सकिने छ ।
यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.० रुपैयाँ र बिक्री दर ३५.१६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २९.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२५ रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४२७.४९ पैसा विक्रीदर ४२९.४५ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार २० घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि