Trending

मुक्तिनाथ विकास बैंकले कमायो ४२ करोड बढी खुद नाफा

870Views
2 Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६ महिनामा ४२ करोड बढी खुद नाफा कमाएको छ। बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो। दोस्रो त्रैमाससम्ममा बैंकले ४२ करोड १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

तर, बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ३२.९३ प्रतिशत कमी हो। गत आवको दोस्रो त्रैमासमा बैंकले ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। हाल बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ राखेको छ।

तर, बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। यता, कुल संचालन आम्दानी पनि ३.१६ प्रतिशत बढेर २ अर्ब ३६ करोड ६८ लाख ३८ हजार रुपैयाँ पुगेको छ।

तर, बैंकको संचालन नाफा भने ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रुपैयाँ कायम भएको छ। संचालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिवरावट आएको हो। वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

सो अवधिमा बैंकको निक्षेप संकलन पनि ३.५५ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन १.९५ प्रतिशत बढेर ९६ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय