फ्रेन्च लिग–१ फुटबलः  नान्टेसलाई हराउँदै पीएसजी विजयी

3.2kViews
1458 Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजी विजयी भएको छ । शीर्ष स्थानको पीएसजीले नान्टेसलाई २–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा हर्नान्डेज र एम्बाप्पेले एक गोल गोल गरेका थिए । लुकास हर्नान्डेजले ६० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ७८ औं मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पीएसजी २–० को सहज जित निकाल्न सफल भयो ।

जितपछि शीर्ष स्थानको पीएसजीले ५३ अंक बनाएको छ । पराजित भएको नान्टेस २२ अंकका साथ १३ औं स्थानमा छ । पीएसजीले दोस्रो स्थानमा रहको नाइसलाई १४ अंकले पछि पारेको छ । फ्रेन्च लिगकै अर्को खेलमा लिलेले लीहाभ्रेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो ।

लिलेको जितमा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । उनले १४, ४४ औं र ४९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।जितसँगै लिले ३८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने लि हाभ्रे २४ अंकका साथ १२ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 13°C
Wind: 5km/h NW
Humidity: 83%
Pressure: 1012.19mbar
UV index: 0
9 am10 am11 am12 pm1 pm
19°C
22°C
25°C
27°C
28°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय