Trending

प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा 

3.0kViews
1692 Shares

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्दार गरेको छ ।  शिशु लिएर जाने दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं,काँडाघारी बस्ने २४ बर्षीय मन कुमारी सिंह, निजको श्रीमान २८ बर्षीय नरेन्द्र मल्ल र निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीस्थित डेराबाट प्रहरीले शुक्रबार राती नै पक्राउ गरेको जनाएको छ ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रे,चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी सबिना श्रेष्ठको शिशु चोरी भएको घटना बाहिरिएको थियो । घटना लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले घटनामा संलग्नलाई काँडाघारीबाट पक्राउ गरेको हो । विवाह भएको तीन वर्षसम्म बच्चा नभएपछि शिशु चोरी गर्ने योजना अनुसार नै उनिहरुले प्रसूति गृह गएर शिशु चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय