ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १९ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १९ घण्टा अगाडिप्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको हो : अध्यक्ष ओली
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुङगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दाबी गरेका छन् ।
उनले भने,‘ अहिलेका प्रधानमन्त्री भारत जानु भयो केके सम्झौता गर्नुहुन्छ केहि बताउँनुहुन्न जे गर्नुपर्ने त्यो केहि पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउँन खोजेको छ । त्यस सम्बन्धमा टुङगो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाईयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन ।’
उनले बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउँनको लागि ईपीजी गठन गरेता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उल्लेख गरेका छन् ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १९ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि