For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्छ –प्रदीप पौडेल
Image

पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्छ –प्रदीप पौडेल

काठमाडौं । फागुन २६ गते
नेपाल तरूण दललाई बलियो बनाउनुपर्ने नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बताएका छन्।तरूण दल कांग्रेसको मेरूदण्ड मात्र नभई भोलि नेपाल चलाउने नेतृत्व यसबाट आउने भएकोले तरूणको भूमिका महत्वपूर्ण रहने उनले बताए।तरूण दल तनहुँले आयोजना गरेको कार्यक्रममा धारणा राखेका केन्द्रीय सदस्यमेत रहेका पौडेलले भने, ‘तरूण दल कांग्रेसका लागि लड्ने हतियार मात्र नभई भोलिको नेपाल चलाउने नेतृत्व हो।’

उनले तरूण दललगायत भातृ संगठनमा छिटो नेतृत्व आउनुपर्ने पनि बताए। तरूण दल अध्यक्ष जितजंग बस्नेत कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ। कांग्रेसले तरूण दल, नेविसंघलगायतमा तदर्थ समिति गठन गर्ने तयारी गरेको छ।पौडेलले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गरिनुपर्ने पनि बताए। कांग्रेसलाई बलियो बनाउने हो भने भातृ तथा शुभेच्छुक संस्थालाई पनि क्रियाशील बनाउनुपर्ने उनको भनाइ थियो।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *