Trending

पहिरो खसे पछि सिद्धार्थ राजमार्ग अवरुद्ध

840Views
0 Shares


काठमाडौं, १४ साउन । पहिरो खसे पछि सिद्धार्थ राजमार्ग आज बिहादेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

पहिरो खसेर राजमार्ग अवरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन बिहान देखी नै पहिरो खुलाउने प्रयास भने गरिरहेको छ । कर्पोरेशनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय