Trending

तीन दिने भ्रमणका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

3.5kViews
10 Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन तीन दिने भ्रमणका लागि सोमबार अमेरिका प्रस्थान गरेका छन् । त्यहाँ हुन लागेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुनसहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो ।

उनीहरु सोमबार विहान राति २ बजे कतारवेजको जहाजमार्फत् वासिङटन डिसीका लागि उडेका हुन् । टोलीमा मन्त्री पुनसहित अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् ।

भ्रमणका क्रममा मन्त्री पुनले अमेरिकामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसहित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय