For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • तीनै तहको निर्वाचन एकसाथ गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको अपिल
Image

तीनै तहको निर्वाचन एकसाथ गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको अपिल

काठमाडौं । माघ ६ गते
तीनै तहको निर्वाचन एकसाथ गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माग गर्नु भएको छ । महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्नुपर्ने धारणा राख्नु भएको छ । एकै पटक तीनै तहको निर्वाचन गर्दा देशका लागि हितकर हुने उहाँको भनाई छ ।

उहाँले आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन नसक्ने र संविधान र कानुनको मर्म अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलका लागि नैतिक र वाद्यकारी व्यवस्था हो भन्ने कुरा सर्वविदित रहेको जिकिर गर्नु भएको छ ।

नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय गरी तीनै तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने बताउनु भएको छ । उहाँले तीनै तहको निर्वाचन सँगै गर्न सके समय र आर्थिक हिसाबले देशलाई फाइदा पुग्ने जिकिर गर्नु भएको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *