जाजरकोटमा र रुकुम पश्चिम भूकम्प अपडेटः ६३ जनाको मृत्यु भएको पुष्टि

590Views
0 Shares

काठमाडौं । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी) भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ ।

घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै हुन सक्ने भन्दै उनले भने, ‘भूकम्पको केन्द्रविन्दु जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । हालसम्म ९७ जना घाइते भएको र उनीहरुको प्रहरीले उद्दार गरेको छ ।’मृतको संख्या बढ्न सक्ने ढकालले बताए ।

रुकुम पश्चिममा मात्रै बिहान ५ बजेसम्मको विवरण अनुसार ५३ जना घाइतेलाई अस्पतालमा लगिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

गएराती ११ बजेर ४७ मिनेटमा ६ः४ म्याग्नेच्युडको भूकम्प गएको हो । जाजरकोटको रामिडाडा आसपास केन्द्रविदु भएर गएको भूकम्पले ठूलो मानविय भौतिक क्षति पुर्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 26°C
Wind: 21km/h W
Humidity: 26%
Pressure: 1009.14mbar
UV index: 1
6 pm7 pm8 pm9 pm10 pm
23°C
21°C
20°C
18°C
17°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय