चीनमा भूकम्पः १ सय ११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीन्मा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ । त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ५ दशमलव ९ मापन गरिएको छ । भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ । यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए । उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ ।
टेन्ट, फोल्डिङ बेड र रजाई घटनास्थलमा पु¥याइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार जारी छ ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि