चार वर्षपछि खुल्यो कोरला नाका

525Views
0 Shares

काठमाडौं । नेपालको बिना तयारी र संरचना नै नबनेको स्थितिमा कोरला नाका सञ्चालनमा आएको छ । सोमवारदेखि नाका खुला गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज बिहान दुवै देशका अधिकारीले औपचारिकरूपमा नाका सञ्चालनका लागि उद्घाटन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले झण्डै एक हजार सीमा पार पास वितरण गरेको छ । मुस्ताङका लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासीलाई पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । सीमा पार पास प्राप्त गरेकाहरूमध्ये कतिपय आजै चीनतर्फ गएका छन् ।

नाका खुलेसँगै उत्तरी मुस्ताङका नागरिकमा खुशीयाली छाएको छ । २०७६ साल अघि वर्षमा दुई पटक कोरला नाका नजिकै मेला लाग्ने गर्थ्यो । त्यही मेलामा खरिद गरिएका सामान बेचेर मुस्ताङीले दैनिकी चलाउँथे । तर कोरोना सङ्क्रमणलाई देखाएर नाका र मेला दुवै बन्द भएपछि स्थानीयहरू समस्यामा थिए । यो नाकाबाट खासगरी पिठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थलगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।

जोमसोमदेखि कोरला नाकासम्म कच्ची सडकको पहुँच पुगेको छ । कोरला नाकाबाट ४५ किलोमिटरको सडक यात्रामा तिब्बतमा रहेको बजार क्षेत्र पुगिन्छ । यो बाटो भएर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश जान पनि सहज रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय