कारबाओ कपः सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी
By Youtv Nepal NEPAL
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन कर्टिस जुलियन र कोडी गाक्पोले एक एक गोल गर्दा फुलह्यामका विलियनले गरेको गोल अन्त्यमा सान्त्वनामा परिणत भयो ।
१९ औं मिनेटमा विलियनले आन्द्रेस परेराको पासमा गोल गर्दै फुलह्यामलाई अग्रता दिलाएका थिए ।१ गोलले पछि परेको लिभरपुलले ६८ औं मिनेटमा बराबरी गरेको थियो । नुनेजको पासमा कार्टिस जुलियनले गोल गरेका थिए ।
उनै नुनेजको पासमा ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि २–१ को अग्रता दिलाए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै लिभरपुलले सेमिफाइनलको पहिलो लेगमा २–१ को जित निकाल्न सफल भयो । अब दोस्रो लेग २५ जनवरीमा हुने छ । उक्त लेगमा बराबरी खेल्दा पनि लिभरपुल फाइनलमा पुग्दा फुुलह्यामले भने फराकिलो जित निकाल्नु पर्ने छ ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि