For Youtvnepal long gif
  • Home
  • अन्तराष्ट्रिय खबर
  • ओमिक्रोन तीव्र गतिमा फैलिँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुने डब्लुएचओको भनाई
Image

ओमिक्रोन तीव्र गतिमा फैलिँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुने डब्लुएचओको भनाई

काठमाडौं । पुष १४ गते

फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फ्रान्ससहित युरोपका देशमा तीव्र गतिमा फैलिइरहेको छ ।मंगलबार फ्रान्समा एक लाख ७९ हजार ८०७ जनाका संक्रमण पुष्टि भएको हो ।

युरोपको इटालीमा मंगलबार ७८ हजार, पोर्चुगलमा १७ हजार १७२, ग्रीसमा २१, ६५७, साइप्रसमा २, २४१ तथा इंग्ल्याण्डमा एक लाख १७, ०९३ जनामा संक्रमण पुष्टि भएको छ युरोपका इटाली, ग्रीस,पोर्चुगल र इंग्ल्याण्डमा पनि दैनिक संक्रमितको संख्या अधिक देखिएको छ ।क्रिसमसको समय परेकाले अघिल्ला दिनहरुको पनि तथ्यांक रिपोर्ट गर्न बाँकी रहेको हुन सक्ने भएकाले दैनिक संक्रमितको संख्या अधिक देखिएको हुन सम्ने पनि बताइएको छ ।अध्ययनले ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा गम्भीर बिरामी पार्ने सवालमा कमजोर रहेको देखिएको छ ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरु गम्भीर बिरामी पर्ने सम्भावना ३० देखि ७० प्रतिशत कम रहेको अध्ययनले देखाएको छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा स्वास्थ्य सेवा गम्भीर रुपमा प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *