एसिया कप क्रिकेटः आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १३ भदौं । आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।
नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदौ १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोली विश्वकप क्रिकेट विजेता टोली हुन् ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि