For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ गठबन्धनद्वारा निर्णय
Image

एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ गठबन्धनद्वारा निर्णय

काठमाडौं । पुष ५ गते
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ पाँच दलीय गठबन्धनले निर्णय गरेको छ।

सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको तीन सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलले एमालेलगायत अन्य दलसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने बताइएको छ। कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा सत्ता गठबन्धन अगाडि बढ्ने बताइएको छ। एमसीसीको बारेमा सत्ता गठबन्धनमै विवाद रहेकाले सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको हो।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *