काठमाडौं । चैत १ गते
आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक तय भएको एमालेले जनाएको छ ।

बैठकमा समसामयिक परिस्थितिका बारेमा छलफल हुनुका साथै स्थानीय निर्वाचनको तयारीबारे पनि छलफल हुनेछ। पार्टीका स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीका आसन्न बैठकहरूको तयारीलगायतका विषयमा समेत छलफल हुने एमालेले जनाएको छ।
















