आजबाट भन्सार विभाग घेराऊ गर्दै प्रभु साहको आम जनता पार्टी
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ । आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार बिभाग घेराऊ गर्न लागेको हो ।
हिजो सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार बिभागमा धर्ना तथा घेराऊ गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
काठमाडौं अनामनगर्स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको थियो ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। २ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि