आजदेखि तिहार (यम पञ्चक) प्रारम्भ, पहिलो दिन काग तिहार मनाइँदै

560Views
0 Shares

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट यमपञ्चक प्रारम्भ भएसँगै सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि प्रारम्भ भएको छ ।

आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ । यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । त्यसैले कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ । धनत्रयोदशी (धनतेरस) पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । यो दिन घरमा गक्ष अनुसारको केही न केही सुन,चाँदी लगायतका समग्री किन्ने प्रचलन रहिआएको छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाई बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको हो । यो वर्षको भाईटीका कार्तिक २९ गते परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 27°C
Wind: 18km/h W
Humidity: 34%
Pressure: 1009.14mbar
UV index: 2
5 pm6 pm7 pm8 pm9 pm
25°C
23°C
21°C
20°C
18°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय