For Youtvnepal long gif
  • Home
  • समाचार
  • आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई
Image

आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई

काठमाडौं । पुष २८ गते
सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको मङ्गलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको थियो । उहाँले ‘सामुदायिक वनमा विभिन्न खालका समस्या रहेको र ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्ने जिकिर गर्नु भएको थियो । ’

प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उहाँले प्रतिबद्धता जनाउनु भएको थियो । स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना पाँच हजार पढाइ खर्च दिने, बेसाहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताउनु भएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *